कास्की ३ मा रास्वपाकी गुरुङ विजयी

पाेखरा | फागुन २३, २०८२

कास्की ३ मा रास्वपाकी गुरुङ विजयी

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।

 

शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ मतान्तरले हराउँदै विजय हासिल गरेकी हुन्।

 

विजयी गुरुङले ३१ हजार १ सय १२ मत प्राप्त गरिन् भने पराजित मनोज गुरुङले ११ हजार २ सय ५७ मत प्राप्त गरे। उनले दोब्बरभन्दा बढी मतको अग्रता बनाएकी हुन्।

 

नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ६ हजार ७ सय ५ मत प्राप्त गरे।

 

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १ हजार २ सय ६४, राप्रपाका अर्जुनप्रसाद खनालले १ हजार १ सय ७९, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५ सय ३३ र उज्यालो नेपाल पार्टीका तर्क बहादुर गुरुङले ४ सय १० मत प्राप्त गरे।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्